नियम १३२
निवृत्तिभरणमा वृद्धि
बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको शुरु अङ्कमा जति वृद्धि भएको छ, त्यसको दुई तिहाई रकम समान पदका निवृत्त प्रहरी कर्मचारी (अमर प्रहरीका परिवार समेत) को निवृत्तिभरण रकममा पनि थप गरिनेछ ।